|
फाइल

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले आफू न्याय माग्दा माग्दा शिथिल भइसकेको बताएका छन्। आफूमाथि जिल्ला अदालतले गरेको फैसला त्रुटि पूर्ण रहेको पनि उनले बताएका छन्। 

मंगलबार एक स्टाटस लेख्दै उनले आफू दोषी भए ८ वर्ष जेल जीवनले नपुग्ने फाँसी चढ्न तयार रहेको जिकिर गरे। 

उनले लेखेका छन्,' धेरै चुप लागेर बसेँ। कानूनी व्यवसायीले भन्नु हुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ। न तथ्य ले न प्रमाण ले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा शिथिल भई सकेँ।'

उनले सामाजिक अभियन्ताहरूलाई आफू दोषी भएको प्रमाणित गर्न पनि चुनौती दिएका छन्।   'मेरो यो खुल्ला चुनौती हो उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् मलाई ८ बर्षले पुग्दै पुग्दैन', उनले लेखेका छन्, ' तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ। म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.