|

काठमाडौं : जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न स्वार्थ केन्द्रित तत्वहरूले गैरकानुनी तवरबाट पार्टी विभाजन गरेको आरोप लगाएका छन्।

उनले अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको र उक्त विभाजन न्यायसंगत नरहेको र उक्त विषय बोकेर आफू न्यायका लागि अदालत जाने पनि उनले प्रष्ट पारे।

पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 'म देशबाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्‍यो भनेर हल्ला चलाइयो। त्यो हल्ला निराधार र कपोकल्पित थियो। त्यही हल्लालाई कसै कसैले मौका छोपेर पार्टी महाधिवेशनको तयारी भइरहेको बेलामा तर, संस्थागत रूपमा पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ' उनले भने।

उनले अहिलेसम्म सरकारलाई दिएको समर्थन कायमै राख्नेसमेत बताए। सरकारमै रहेका केही साथीहरूले जसपा र नेकपा एस फुटाउन लागेको भन्ने हल्ला केवल कपोलकल्पित र भ्रम मात्र भएको पनि उनले प्रष्ट पारे। त्यस्तै, पार्टीले गर्न लागेको महाधिवेशन प्रक्रिया पनि नरोकिने उनले बताए। आफ्नो पार्टी सुशासन र न्याय र संघीयताको पक्षमा लड्दै आएको र यो लडाइँ जारी रहने पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.