|

विराटनगर : कोशी प्रदेशका प्रमुख परशुराम खापुङले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन शुरु गरेका छन्। संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका सांसदहरूको सनाखत शुरु भएको हो।

एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।

सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसहित सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा बोलाइएको छ।

अहिले सनाखत भइरहेको छ। सनाखतपछि कार्की मुख्यमन्त्रीमा नियुक्त हुनेछन् भने आजै शपथ गराउने तयारी भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.