|

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बिहान बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्नेछ।

बैठकले संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्ने सा‌सद श्यामकुमार घिमिरेले जानकारी दिए। कांग्रेसले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै आएको छ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो। पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.