|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

ललितपुर : ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासुपसलेले सडकछेउमा रोपेको रूखको हाँगा काटेबापत पाँच हजार जरिवाना तिराएको छ।

महानगर प्रहरी गस्ती हिँडिरहेको अवस्थामा रूखको हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए।

‘रूखको हाँगा काटेर जरिवाना तिराएको सायद नेपालमै पहिलो होला’, उनले भने‚ ‘ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरू ठाउँमा पनि काट्न नदिन सचेत मात्र गराएका हौँ।’

महानगरले भर्खरै मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.