|
फाइल फोटो

काठमाडौं : नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले एक हप्ताभित्र ‘अनलाइन पेमेन्ट पद्धति’ मार्फत् विद्युत महशुल उठाउन सुरु गर्ने घोषणा गरेका  छन्।

नवनियुक्त ऊर्जा मन्त्री शाहीले विद्युत महशुल उठाउने कामलाई सहज बनाउने गरी अनलाइन सेवा सुरु गर्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको पनि स्पष्ट पारे।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले विद्युत महशुल बुझाउन ग्राहकहरुले घण्टौं कुर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले विद्युतीय प्रविधिकै सेवा सञ्चालन गर्न लागेको पनि उल्लेख गरे। मन्त्री शाहीले दुर्गम क्षेत्रमा पनि मोवाइल एसएमएसमार्फत् विद्युत महशुल बुझाउने प्रविधि भित्र्याउने योजना पनि सुनाए।

ऊर्जामन्त्री शाहीले विद्युत व्यवस्थापन र उत्पादनलाई आफूले विशेष जोड दिने पनि बताए। उनले माग अनुसार विद्युत उत्पादन नभएकाले आफूले विद्युत उत्पादनलाई जोड दिएको पनि उल्लेख गरे। मन्त्री शाहीले बजेट, जनताको सेयर र वैदेशिक लगानीलाई भित्र्याएर विद्युत उत्पादनका लागि आवश्यक लगानीको व्यवस्था गर्ने कार्ययोजना पनि सार्वजनिक गरे।

उनले उत्पादन भएको विद्युत विदेशमा समेत बिक्री वितरण गर्न नेपाल छिट्टै सक्षम हुने दावी पनि गरे। मन्त्री शाहीले विद्युत चुहावटलाई नियन्त्रण गर्न पनि आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.