झण्डै ४ लाख घर परिवारलाई गरीबको परिचय पत्र वितरण गरिने

|
फाइल फोटो

काठमाडौं : सरकारले वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको माग सम्बोधनका लागि वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो।

टोलीमा स्वास्थ्य सचिव डा. किरण रेग्मी र प्रधानमन्त्री कार्यालयका एक सचिव सदस्य रहेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बिहीबार वीर अस्पतालको वार्षिकोउत्समा पुगेका नवनियुक्त स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेले मन्त्रिपरिषद् बैठकमा डा.केसीको मागबारे छलफल गर्ने बताएका थिए।

डा. केसी एकीकृत चिकित्सा ऐन पारित गर्नुपर्ने लगायतका ७ बुँदे माग राख्दै अनशनमा छन्। उनको यो ११औं अनसन हो। यसअघि १० पटकसम्म उनी विभिन्न माग राखेर अनशन बसिसकेका छन्।

साथै बैठकले ३ लाख ९१ हजार ८ सय ३१ घर परिवारलाई गरीबको परिचय पत्र वितरण निर्णय पनि गरेको छ। २५ जिल्लामा १२ लाख २४ हजार ४ सय गरीब घर परिवार भएको दाबी आएकोमा त्यसमध्ये ३ लाख ९१ हजार ८ सय ३१ घर/परिवार स्वकृत गरी परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.