|

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा . गोविन्द केसी र सरकारी पक्षबीच उनको मागको विषयमा शुक्रबार छलफल हुँदैछ। 

सरकारी वार्ता टोली र केसी पक्षबीच दिउँसो १ बजे शिक्षा मन्त्रालयमा वार्ता हुने डा. केसी पक्षका वार्ता टोली संयोजक प्रा डा. वाइपी सिहंले जानकारी दिए। उनले भने 'सरकारी वार्ता टोली संग दिउसो साढे १ बजे शिक्षा मन्त्रालयमा वार्ता हुने समय तय भएको छ।'

 सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र प्रधानमन्त्री कार्यालयका सचिव सहभागी छन्। डा. केसीको तर्फबाट भने डा. सिंहसँगै डा. जीवन क्षेत्री र डा.रञ्जन सापकोटा वार्ता टोलीमा छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा.केसीको मागको सम्बोधन गर्न सरकारको तर्फबाट वार्ता टोली गठन गरेको थियो। बिहीबार नै  सरकारी वार्ता टोलीले शिक्षण अस्पताल पुगी डा.केसीसंग प्रारम्भिक छलफल गरेको थियो।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक पारित हुनु पर्ने, मेडिकल शिक्षामा मेरिटको आधारमा विद्यार्थी भर्ना हुनुपर्ने लगायतका माग राख्दै चार दिनदेखि डा.केसी एघारौँ आमरण अनसनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.