|

काठमाडौं : हिन्दु नेपाली महिलाहरुको ठूलो पर्व हरितालिका तीज भदौको ८ गते छ। तीज नजिकिदै गर्दा तीजका धेरै गीतहरु सार्वजनिक भएका छन्। नयाँ तीज गीतहरुको सुटिङको क्रम पनि चलिरहेको छ। यसैबीच ‘कट्टुमा बुट्टा’ बोलको तीज गीत सार्वजनिक भएको छ। पूर्णकला बिसी र गोपाल नेपालको स्वर रहेको गीतमा कलाकार पार्वती राईको नृत्य रहेको छ।

गीतमा महिलाले परार सालको तीजमा सारी र पोहोर सालको तीजमा फरिया लगाउदा कसैले नहेरेकोले यसपाली बुट्टा भएको छोटो कट्टु लगाएको उल्लेख छ। त्यस्तै पुरुषले भने पहिले आमाहरु सारी लगाउथे तर अहिले कट्टु लगाउन लागेकोले तीज उत्तेजक भएको उल्लेख छ।

युट्युवमा सार्वजिनक गरिएको गीतमा शब्द र संगीत शंकर चालिसेको छ भने कलाकार राईसँग नरेश एमसीले साथ दिएका छन्। राजेश घिमिरेले भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन्। गीतमार्फत तीजका नाममा भइरहेको उत्ताउलो पनालाई व्यंग्य गरिएको गायक गोपाल नेपालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.