|

बागलुङ : ढोरपाटन नगरपालिका–९ ढोरको नवी खोलाले बगाएकी बालिका बेलकुमारी पुन अझै बेपत्ता छिन्। वडा नम्बर–९ कै नवी घर भएकी उनीसहित चार जनालाई आइतबार खोलाले बगाएको थियो।

शनिबार पनि नवीखोलामै बगेर स्थानीय राजु विकको ज्यान गएको थियो। उनलाई छारे रोगको समस्या थियो। तर्ने क्रममा अचानक लडेपछि उनलाई खोलाले बगाएको स्थानीयले बताएका छन्। 

आइतबार खोलाले बगाएका ४ मध्ये ३ जनाको भने सशुकल उद्धार गरिएको छ। ढोरको बुकीबाट घर (नवी) जाँदै गर्दा आइबार बेलुका साढे ४ बजे नवी खोलाको बहाव अचानक बढेपछि आएको बढीले उनीहरुलाई बगएको स्थानीय ईन्द्र शाहीले जानकारी दिए। 

यस घटनामा बगेकी बेलकुमारी अझै बेपत्ता छिन्। ३ जनालाई भने स्थानीय र प्रहरीले तत्काल सकुशल उद्धार गरेको शाहीले बताए। खोलामा पुल नहुँदा वर्षेनी ज्यान गुमाउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीयले तत्काल पुल निर्माण गर्न  सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.