|

जनकपुर : सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न सबै तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्। अध्यक्ष दाहालले राष्ट्रिय जनता पार्टी, नेपालले चाहे मात्रै संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस हुने पनि स्पष्ट पारे। मंगलबार जनकपुरमा स्थानीय सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय जनता पार्टीका कारण निर्वाचन रोक्नुपर्ने कुनै कारण नरहेको पनि उल्लेख गरे।

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा पनि संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्न प्रयास गरिएको तर, पारित हुने अवस्था नभएपछि प्रक्रियामा नलगिएको पनि स्मरण गराए। अध्यक्ष दाहालले मधेसमा छुट्टै देश हुनुपर्छ भन्ने र पहाडे राष्ट्रवाद दुवै अतिवादी सोच भएको उल्लेख गर्दै आफ्नो पार्टी त्यसविरुद्ध रहेको पनि बताए। उनले जनकपुरलाई महानगर बनाउने आश्वासन पनि दिए।

अध्यक्ष दाहालले जनकपुरलाई स्याटलाइट पर्यटकीय सहरको रुपमा विकास गर्ने दाबी पनि गरे। उनले जनकपुर विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रदेश नं. २ मा माओवादी १ नम्बर बन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको जनताको अधिकार स्थापित गराउन संविधान संशोधन विधेयक पारित गरेर मधेसको मुद्दा सम्बोधन गराउन नेकपा माओवादी केन्द्र प्रतिबद्ध रहेको बताएका छन्। मधेसी दलसँग संविधान संशोधन विधेयक सहमतिअनुसार नै दर्ता गराएको तर, भोटिङ्गको समयमा राप्रपाका १० जना सांसदहरु गायब भएका कारण राजपाको सहमतिमा भोटिङ्ग प्रक्रिया स्थगित गनु परेको बताएका हुन्।

नेकपा माओवादी केन्द्र धनुषाले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले मधेसको अधिकारका लागि १३ सय मधेसीको वलिदानीबाट मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरी मधसको मुक्तिका निमित्त उठान गरेको मुद्दालाई लिएर केही शक्तिहरुले मसिहा बन्न खोजेको आरोप लगाए। मधेसवाद र राष्ट्रवादको अतिवादी सोचले दुई समुदायबीच द्वन्दको स्थिति सृजना गरी देशलाई स्वभिमानमा अडाई राख्ने मधेसी जनतालाई राष्ट्रद्रोही देख्ने अतिवादी सोच भएको बताए।

नेकपा माओवादी केन्द्र प्रदेश नं. २ मा १ नम्बर पार्टी बन्ने घोषणा गर्दै मधेसी जनतालाई राष्ट्रघातको नारा दिएर पहाडमा ब्राह्मणवाद लादेर हत्कण्डा अपनाउँदै सत्ता हत्याउन खोजेको आरोप लगाएका छन्। उनले राणा शासन, राजा शासन तथा अन्य क्रुर राज्यसत्ताको बेला मन्त्री भएका तथा सधैं वकालत गर्ने व्यक्ति माओवादीको मधेस मुद्दा लिएर आज मसिहा बन्न खोजेको आरोप लगाएका हुन्।

उनले स्थानीय निर्वाचन तोकिएकै मिति हुनेमा शंका नगर्न आग्रह गर्दै एमालेतर्फ इङकित गर्दै भने, 'उत्तरमा पहाडे नश्लवाद र दक्षिणमा मधसी नश्लवादको नारा दिएर मलाई लम्पसारवाद देखाउँदै सिट हत्याउन हतकण्डा अपनाएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.