|

गुल्मी : असार ७ गते भएको दोस्रो चरणको निर्वाचनका क्रममा उम्मेदवारहरुले गरेको खर्चको विवरण अझै जिल्ला निर्वाचन कार्यालयमा  बुझाएका छैनन्। निर्वाचनको क्रममा उम्मेदवारहरुले गरेको खर्च विवरण निर्वाचित भएको मितिले ३० दिन भित्र बुझाउनु पर्ने प्रावधान रहेको छ। जिल्लामा असार २० गते सबै स्थानीय तहको अन्तिम मतपरिणाम आएको थियो।

अन्तिम घोषणा मिति अनुसार खर्च विवरण बुझाउने मिति सकिन २ दिन बाँकी छ। गुल्मीमा हालसम्म ५० प्रतिशत उम्मेदवारहरुले मात्रै खर्च विवरण बुझाएको निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए।

गुल्मीमा रहेका २ नगर र १० गाउँपालिकाबाट ४ सय ८९ जना जनप्रतिनिधि निर्वाचित भए। चुनावमा १ हजार ३ सय ८६ जना उम्मेदवार बनेका थिए।
जिल्लामा रहेका उम्मेदवारहरुले खर्च विवरण फारम लगेपनि अझै विवरण नबुझाएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

जिल्लामा निर्वाचति भएका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएपछि पराजित भएका धेरैजसो उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्। 
विवरण बुझाएका उम्मेदवारहरुले निर्वाचन कार्यालयका परिधीमा रहेर  खर्च गरेको विवरण बुझाएका छन्। हार्ने उम्मेदवारहरुले आयोगले तोकेकोभन्दा अधिकतम कम खर्च गरेको विवरण बुझाएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए।

निर्वाचनको क्रममा नगरपालिका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, गाउँपालिका प्रमुख उपप्रमुखले ३ लाख ५० हजार, नगरपालिकामा रहेका वडा अध्यक्ष सदस्यहरुले २ लाख र गाउँपालिकाभित्रका वडा अध्यक्ष सदस्यहरुले १ लाख ५० हजार खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको थियो।

आयोगले तोकेको मितिमा खर्च विवरण रकम नबुझउने उममेदवारमाथि कानुनी कारबाही हुने अधिकृत खत्रीले जानकारी दिए। 

झण्डै ४ हजार मतदाता थपिए 
गुल्मीमा फोटोसहितको मतदाता नामावलीमा झण्डै ४ हजार मतदाताले नाम दर्ता गराएका छन्। जिल्लामा निर्वाचन कार्यालय र जिल्लाका १२ वटै स्थानीय तहमा नामावली संकलन भइरहेको छ।

पछिल्लो १८ दिनमा ३ हजार ६ सय ७५ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। नाम दर्ता गराउनेहरुमा २ हजार ४२ पुरुष र १ हजार ६ सय ३३ महिला रहेका छन्। त्यस्तै अन्य जिल्लाबाट १४ जना मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयसहित १२ ठाउँबाट नाम दर्ता भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.