|

हुम्ला : जिल्ला समन्वय समिति हुम्लामा माओवादी केन्द्र र एमालेको संयुक्त प्यानल विजय भएको छ।  जिल्ला समन्वय समितिको संयोजकमा  माओवादी केन्द्रका दानबहादुर रावत र उप–संयोजकमा एमालेका खगेन्द्र कार्की चयन भए।  

बिहीबार भएको निर्वाचनमा रावतले १० मत प्राप्त गरे। कांग्रेसबाट संयोजकको उम्मेदवार रहेका तक्दिर लामाले ४ मत प्राप्त गरे। सदस्यमा गठबन्धनका उम्मेदवारहरु माओवादीका कोतान्बा लामा, लक्ष्मी ऐडी, जीवन रावल, दान सिंह परियार तथा एमालेका जसु परियार, अजविर शाही, छेजुम तामाङ्ग विजयी भएको मुख्या निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताए।

सात गाउँपालिका रहेको हुम्लामा १४ जना अध्यक्ष–उपाध्यक्षले मतदानमा भाग लिएका थिए। जिल्लासभामा माओवादीका ६, एमालेका ४ र कांग्रेसका ४ प्रतिनिधि छन्। गठबन्धनका तर्फबाट उम्मेदवार रहेका सबैले १०–१० मत प्राप्त गर्दैै विजयी हासिल गरे भने कांग्रेसका उम्मेदवारहरुले ४ मत प्राप्त गरे। 

विजय रावतले गरे पदभार ग्रहण

 जिल्ला समन्वय समिति विजयपछि आजै जिल्ला समन्वय समितिको संयोजक पद समालेका छन्। उनले हिल्सामा रहेको हेलिप्याड निर्माण गर्ने पहिलो एजेण्डा  लाई पुरा गर्ने  भन्दै लिखित हस्ताक्षर समेत गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.