|

काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग गर्दै १३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म भएको प्रदर्शनमा डा. केसीको अनशनमा ऐक्यवद्धता जनाउँदै पूर्व प्रधानन्यायाधीश शुशीला कार्की पनि सहभागी भएकी छन्।

सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा भएको प्रदर्शनमा विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, क्रान्तिकारी माओवादी, नेकपा एमाले लगायतका दलहरू र अन्य संघसंस्थाको पनि समर्थन रहेको छ।

डा. गोविन्द केसीका समर्थक र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा अध्ययनरत विद्यार्थीहरूले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

घण्ट बजाउँदै उनीहरूले केसीले उठाएका माग पूरा गराउन सरकार र संसदलाई आग्रह गरेका छन्। 'माफियाहरू देश घेर्दै, ६०१ के हेर्दै?', 'भ्रष्टाचारको अन्त्य गरौं, सदाचारको सुरुवात गरौं', 'सर्वसाधारण जनताका छोराछोरीले मेडिकल शिक्षामा पहुँच पाउनुपर्छ', 'भोकै बस्ने कसैलाई रहर छैन, सम्झौता गरेर ठग्न पाइँदैन' लगायतका नारा उनीहरूले लगाएका थिए।

हेर्नुस् फोटोहरू :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.