|

कालिकोट : अछाम मेल्लेख गाउँपालिका वडा.न ५ का वडा अध्यक्ष ३५ वर्षीया रामबहादुर बोहोराको मृत्यु भएको छ। बडिमालिका दर्शन गर्न जाने क्रममा लेक लागेर वडा अध्यक्ष बोहोराको मृत्यु भएको हो।

बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राती बाजुराको त्रिवेणी गाउँपालिकाको लेकमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए। ‘लेक लागेर शनिबार राति ८ः३० बजे बाटामा मृत्यु भएको हो।’ उनले भने, ‘बोहराको शव हेलिकोप्टरको सहायताले अछाम ल्याउन पहल भइरहेको छ।’

बोहोरा १४ असारमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ५ सय ८१ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए। बोहोरा तरुण दल अछामका उपाध्यक्षसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.