|

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार अस्पतालमै पत्रकार सम्मेलन गर्ने भएका छन्। गत शुक्रबार प्रोस्टेट ग्रन्थी (मुत्रथैली) को शल्यक्रियापछि चिकित्सकको निगरानीमा रहेका भट्टराईले भोलि (बुधबार) अस्पतालमै पत्रकार सम्मेलन गर्न लागेको नयाँ शक्ति नेपालको प्रचार विभागले जनाएको छ।

भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा उपचाररत भट्टराई बुधबार डिस्चार्ज हुँदैछन्। डिस्चार्ज हुँदै गर्दा २:१५ बजे उनले पत्रकारलाई भेट्न लागेका हुन्। पत्रकार सम्मेलनको विषय भने प्रचार विभागले खुलाएको छैन।        

प्रचण्डसँग भेट

भट्टराईलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार नागरिक अस्पताल पुगेका थिए। राससका अनुसार उनीहरूबीच वर्तमान राजनीतिक परिवेशबारे छलफल भएको थियो।

भेटपछि प्रचण्डले भनेका थिए- 'डा. भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ।' 

दुवै नेताबीच मात्र करिब आधा घण्टा छलफल भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.