|

काभ्रे : जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा एमालेका उद्धव केसी विजयी भएका छन्। बुधबार भएको मतदानमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त गठबन्धनको शंखबुद्ध लामालाई पछाडि पार्दै केसीले जित हासिल गरेका हुन्।

त्यस्तै उपप्रमुखमा एमालेकै मञ्जु गौतम र सदस्यहरुमा कृष्णबहादुर तामाङ, प्रेमकुमार लामा दोङ, सन्तनु केसी, गीता सुनुवार, शुभावती शिवभक्ति, विकास मग्राती र राजकुमारी श्रेष्ठ विजयी भएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यहरु चयनका लागि काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी  २६ जनाले मतदान गरेका थिए। जसमध्ये १४ मत ल्याएर एमालेका प्यानलले नै विजयी हासिल गरेका हुन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठबन्धनको प्यानलको तर्फबाट कांग्रेसका शंखबुद्ध लामाले १२ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चेत माया चौलागाईले १२ मत प्राप्त गरेका छन्।

विजयीहरुलाई बुधबार नै प्रमाणपत्र हस्तान्तरण गरिए पनि सपथ ग्रहणको कार्यक्रम भने आगामी साउन २९ गते आइतबार जिल्ला समन्वय समितिको कार्यकक्षमा नै हुने प्रमुख निर्वाचन अधिकृत मेदनीप्रसाद पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.