समाज

हर्पिक मिसाएको पाइएपछि चटपट बेच्न प्रतिबन्ध
SHARES

साउन २६, २०७४

    पर्वत : सडकमा ठेलामा राखेर बिक्री वितरण हुँदै आएको चटपटमा चर्पी सफा गर्न प्रयोग हुने हर्पिक मिसाउने गरेको पाइएपछि म्याग्दी सदरमुकाम बेनीमा चटपट बेच्न प्रतिबन्ध लगाइएको छ।

    बेनी नगरपालिका र वडा कार्यालयले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा चटपटमा हर्पिक मिसाउने गरेका पाइएको बेनी– ७ का वडा सदस्य राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। स्वाद अमिलो बनाउन हर्पिक मिसाउने गरेको पाइएको उनले बताए। चटपट व्यवसायीले अखाद्य वस्तु मिसाउनुका साथै सरसफाईमा पनि ध्यान नदिएकाले प्रतिबन्ध लगाउनु परेको उनले जानकारी दिए।

    यसका साथै सडकमा जथाभावी राखिने ठेला तथा त्यसमा जम्मा हुने मानिसहरुको भीडभाडले दुर्घटनासमेत बढेको बेनी नगरपालिकाको कार्यालयले जनाएको छ। यसरी सडक तथा गल्लीहरुमा जथाभावी राखिएका फलफूल, लत्ताकपडा तथा श्रृंगारका सामानहरुलाई स्थायी पूर्वाधार बनाएर बजारकै कुनै एक ठाउँमा व्यवस्थित गर्ने नगरपालिकाको तयारी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]