|

गोरखा : गोरखा र तिब्बतको सीमानामा स्थापना हुनुपर्ने ३ प्रहरी चौकी कागजमा मात्र सिमित बनेका छन्। प्रहरी चौकी राख्ने निर्णय २० वर्षअघि नै भए पनि निर्णय कागजमै सिमित बनेको छ। रणनीतिक महत्त्व राख्ने बिही प्रहरी चौकी, चुम्चेत प्रहरी चौकी र ल्हो प्रहरी चौकी कागजमा भने रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

घर भाडामा नपाएकोले चौकी राख्न नसकिएको थापा बताउँछन्। ‘तीनवटै चौकीमा असईको नेतृत्वमा १० जना प्रहरी रहने ब्यबस्था छ, तर अहिलेसम्म चौकी खडा गरी प्रहरी राख्न सकिएको छैन,’ उनले भने, ‘जिल्लामा आवश्यक प्रहरी नै छैनन्, चौकी राख्न घर नै छैन, सञ्चालन गर्न गाह्रो छ।’

सीमामा चौकी नहुँदा अवैध गतिविधि तथा आवतजावत रोक्न समस्या भएको स्थानीयको गुनासो छ। यद्यपी सीमा क्षेत्रमै पर्ने सामागाउँ, प्रोक र छेकम्पारमा भने प्रहरी चौकी सञ्चालनमा छन्। यद्यपी ती चौकीमा पनि दरबन्दी अनुसार प्रहरी भने छैनन्।

प्रहरी कार्यालयको अभिलेखमा सामागाउँमा ३४ नम्बर, ल्होमा ३५ नम्बर, प्रोकमा ३६ नम्बर, बिहीमा ३७ नम्बर, चुम्चेतमा ३८ नम्बर र छेकम्पारमा ३९ नम्बरका जङ्गेपिलर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.