|

काठमाडौं : बिम्स्टेकको १५ औँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री सुष्मा स्वराजसहित विभिन्न देशका परराष्ट्र मन्त्रीहरु बिहीबार काठमाडौं आएका छन्। विमस्टेकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बंगलादेशका विदेश मन्त्री अबुल हसन महमुदअली र भूटानका विदेश मन्त्री दाम्चो दोर्जी काठमाडौं आइपुगेका छन्।

बिहीबार विभिन्न देशका परराष्ट्र मन्त्रीहरु काठमाडौं आएको फोटो खिच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा ठूलो वर्षा भयो। पानी परेपछि ड्यूटीमा बसेका सुरक्षाकर्मी र विदेशबाट फर्किने नेपालीहरु समेत समस्यामा परे। एक्कासी ठूलो पानी आएपछि मानिसहरु ओत लाग्ने ठाउँ खोज्दै दौडिएका थिए। 

हेर्नुस् फोटोहरु  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.