|

भैरहवा : पश्चिम नेपालको मुख्य नाका भैरहवा हुँदै भारत तथा तेस्रो मुलुकसँग हुने नेपालको व्यापार घाटा बढ्दै गएको छ। गत वर्षमा मात्रै एक खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको हो।

आर्थिक वर्ष २०७३\७४ मा भैरहवा भन्सार नाका हुँदै दुई खर्ब तीन अर्ब ४० करोड रुपैयाँको सामान आयात हुँदा जम्मा चार अर्ब ६० करोड रुपैयाँको निर्यात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। यो नाकाबाट कुल व्यापारमा ९७।७९ प्रतिशत आयातको हिस्सा रहेको कार्यालयका अधिकृत तथा सूचना अधिकारी गोपाल भट्टराईले जानकार दिए।

विलासिताका सामान मोटरसाइकल, कार, औदौगिक कच्चा पदार्थ, सिमेण्ट, क्लिन्कर, एमएस ब्लेड, खाद्यान्न, तरकारीलगायत सामग्रीको आयात बढ्दै गएको छ। यता नेपालबाट भारततर्फ निर्यात हुने वस्तुहरू न्युन हुनु र निर्यातजन्य वस्तु हुँदा पनि पैठारी गर्न ननसक्नुजस्ता कारणले व्यापार घाटा बढ्दै गएको सिद्धार्थ एद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए। 

भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी आयात हुने वस्तुमा कार, जिप, भ्यानलगायत सात अर्ब ३७ करोड रुपैयाँ बराबरका छन्। त्यस्तै सात अर्ब ३७ अर्बका मोटरसाइकल, सिमेण्ट बनाउने कच्चापदार्थ क्लिन्कर तीन अर्ब ९७ करोड रुपैयाँ, एमएस ब्लेड तीन अर्ब ५९ करोड रुपैयाँ र ट्रक मिनीट्रक दुई अर्ब १७ करोड रुपैयाँका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.