|

भक्तपुर : यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। 

चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने २६ वर्षका माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार नौ सय ७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले शुक्रबार पक्राउ गरेका हुन्।

पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको र फरार रहेको अर्का एकजनाको खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

काठमाडौं महानगरपालिका–७ बस्ने सुमन दंगालले चलाएको बा २ ख १२४९ नम्बरको ट्याक्सी चढेर शुक्रबार बिहान काठमाडौं कुमारीगालबाट नगरकोट जाने भन्दै आएका दुई लुटेराले चाँगुनारायण नगरपालिका मुहानपोखरी नजिकै चालकको साथमा रहेको नगद पाँच हजार नौ सय ७० रुपैयाँ, चाँदीको सिक्री एक थान, सामसुङ मोबाइल थान एक थान र सुनको मुन्द्रा लुटपाट गरी फरार भएपछि प्रहरीले लुटेराको खोजी गरेको थियो। 

गुड्दा गुड्दै मोटरसाइकलमा आगलागी 

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङमा शुक्रबार गुड्दागुड्दैको मोटरसाइकल अचानक आगलागी भएको छ। बा ८४ प ८८९७ नम्बरको पल्सर मोटरसाइकल चढेर अजय हाकुजू घरतर्फ जाँदै गर्दा गुडिरहेकै मोटरसाइकलमा अचानक आगो लागेको हाकुजूले बताए।

स्थानीय प्रत्यक्षदर्शी जयराम दथेपुथेले गुडिरहेको मोटरसाइकल अचानक आगलागी भएपछि हाकुजू उफ्रिएर खेतमा खसेपछि मानवीय क्षति भने नभएको बताए। मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.