|

काठमाडौं : व्यवसायीले थानकोट डिपोबाट पम्पसम्म इन्धन ढुवानी गर्दा थप १० लिटर प्राविधिक नोक्सानीको क्षतिपूर्ति पाउने भएका छन्। आयल निगम सञ्चालक समितिको बिहीबार अबेर रातिसम्म बसेको बैठकले प्राविधिक नोक्सानी बढाउनेनिर्णय गरेको हो।

यसअघि व्यवसायीले थानकोट डिपोबाट ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा ३५ लिटर प्राविधिक नोक्सानीको क्षतिपूर्ति पाएका थिए। ४ हजारलिटर डिजेल ढुवानी गर्दा २४ लिटर नोक्सानीको क्षतिपूर्ति पाएका थिए। अब पेट्रोल ढुवानी गर्दा ४५ लिटर र डिजेलमा २७ लिटरपाउने निगम सञ्चालक समिति सदस्य एवं गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलेजानकारी दिए।

'प्रारम्भिक चरणमा ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा थप १० लिटर र डिजेलमा ३ लिटर नोक्सानीको क्षतिपूर्ति दिने निर्णय भएको छ। नोक्सानीको सम्बन्धमा थप एउटा कमिटी गठन हुन्छ त्यसले जाडो मौसममा पनि अध्ययन र अनुगमन गर्छ' उनले भने, 'त्यसपश्चात प्रतिवेदनको आधारमा नोक्सानीको क्षतिपूर्ति घटबढ हुने गर्छ। 

व्यवसायीले इन्धनको क्षतिका विषयमा तयार पारेको प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै बुधबारदेखि आन्दोलनमा उत्रेका थिए। इन्धन क्षेत्रलाई व्यवस्थित बनाउन आयल निगम सञ्चालक समितिको बैठकले कात्तिक २५ मा अध्ययन प्रतिवेदन बनाउने निर्णय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.