|

पाल्पा : पहिरो खसेर गुडिरहेको मोटरसाइकल पुरिदा एक युवकको मृत्यु भएको छ, एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक तानसेन नगरपालिका ३ का ३५ वर्षीय गृहपति शाक्य रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सोही ठाउँका ५० वर्षीय अजय श्रेष्ठ घाइते भएका छन्।

बुटवलबाट तानसेन आउदै गरेको लु १३ प ६६५ नम्बरको मोटरसाइकललाई तिनाउ गाउँपालिका- ३ सिद्धबाबामा शुक्रबार राति आठ बजे पहिरोमा पुरिएको हो। पहिरोले पुरिएर घाइते भएका गृहपतिको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो। घाइतेको श्रेष्ठको अवस्था मध्यम रहेको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.