|

  • बुद्धकुमार आछामी-

सिन्धुली : लगातारको वर्षाका कारण पहिरो जाँदा कमलामाई नगरपालिका ६ मा एकै परिवारका चार जनाको मृत्यु भएको छ। नेपाल पत्रकार महासंघको जग्गामा टहरो बनाएर बस्दै आएका उदयबहादुर खड्काको पत्नी र तीन छोराछोरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा दुर्गाकुमारी खड्का (२७ वर्ष) ,शोभा खड्का ( १५ वर्ष), अनिस खड्का वर्ष ( १० बर्ष) र मनिष खड्का (वर्ष ८) का रहेका छन्। शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। 

घरमुली खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन्। शुक्रबार साँझ देखिनै परेको अविरल वर्षा शनिवार बिहान करिव २ बजेतिर पहिरो आउँदा परिवारको चारजनालाई परेको उदयले सुनाए। 'पहिरोले एक्कासी घर थिचेको रहेछ। मैले थाहा पाउँदा चार जना परिसकेछन्' उनले भने।

लगातार दुई दिनदेखि परिरेहको पानी र जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घटना भएको हो। जिल्ला प्रहरी कार्यालयले भवन बनाउदा माटो थुपारेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै पत्रकार महासंघ सिन्धुलीले जिल्ला प्रहरी कार्यालयलाई बारम्बार हटाउन अनुरोध गरे पनि प्रहरीले बेवास्ता गर्दा घटना भएको महासंघको दावी छ। मृतक चारै जनाको शव जिल्ला अस्पता सिन्धुलीमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.