|

लहान । लगातारको वर्षातले जिल्लाका विभिन्न ठाउँ डुबानमा परिरहेका बेला सप्तरीको दक्षिण पश्चिमी भेगमा पर्ने काचनमा भने मध्यारतमा आगलागी भएको छ। मध्यरातमा भएको आगलागीमा गोठमा बाँधिएका वस्तुभाउ फुकाउन नपाउँदा सबै जलेर मरेका छन्।

 सप्तरीको बोदेबर्साइन नगरपालिका ६ काचनका कन्तलाल चौधरीको गोठमा शुक्रबार राती १२ बजेतिर भएको आगलागीमा गोठमा बाँधिएका गोरु, गाई, खसी, बाख्रा जलेर मरेका छन् भने गोठ पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ। प्रहरीका अनुसार आगलागीमा गोठसहित वस्तुभाउ जल्दा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

 चौधरीको गोठमा सल्किएको आगोले उनका छिमेकी अशोक चौधरीको बाँसको भित्ता भएको दुई तले घर र घरमा रहेका नगद, लत्ताकपडा, अन्नपात, भाँडावर्तनसमेत जल्दा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागी स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.