|

काठमाडौं : केही दिनदेखि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा कम्तिमा ३० जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परी विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या ३० पुगेको छ।

शनिबार गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री जनार्दन शर्मा मध्य पहाडी जिल्लाहरूमा पहिरोले र तराईका जिल्लाहरूमा बाढीले जनजीवन अस्तव्यस्त बनेको बताए। उनका अनुसार सुनसरीमा ७, मोरङमा ३, सिन्धुलीमा ४, पाँचथरमा ३,  झापामा २, बाँकेमा ३ जनाको मृत्यु भएको छ। यस्तै बारा, सर्लाही, पाल्पा र दाङमा १/१ जनाको मृत्यु भएको विवरण आएको गृह मन्त्री शर्माले बताए।

बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ। मन्त्री शर्माका अनुसार प्रहरी र सेनाका ब्यारेकहरू समेत जलमग्न छन्। कतिपय जिल्लामा बाढीमा केही मानिसहरू हराइरहेका छन्।

विमानस्थलमा तालिमप्राप्त जनशक्ति, ड्राइ फुड र औषधिसहितका स्वास्थ्यकर्मी तयार राखिएको तर खराब मौसमका कारण पठाउन नसकिएको मन्त्री शर्माले बताए।

स्थानीय तहहरूमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दारको काम गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोलीहरू खटाइएको गृहमन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले जारी गरेको अपिल

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.