|

दाङ : शुक्रबार रातीदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा दाङमा एकजनाको मृत्यु भएको छ। तुलसीपुरको तुइसोतामा शनिबार बिहानै आएको बाढीले घर बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१३ की भगवती सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए। घर बगाउँदा घरसँगै बगेकी सुनारको घरभन्दा केही तल शव फेला परेको थियो।

त्यस्तै, वर्षाको कारण बाढीले कल्भट बगाउँदा घोराही तुलसीपुर सडक अवरुद्ध भएको हो। घोराही–तुलसीपुर सडक खण्डको हात्ती खौवा र मोतिपुर बीचमा भेलले कल्भटसँगै बाटो बगाउँदा सडक अवरुद्ध भएको हो। बाटो बगेपछि यो रुट भएर चल्ने गाडी अलपत्र परेका छन्। घोराहीबाट तुलसीपुर हिँडेका गाडी बीचमै अलपत्र परेका छन् भने तुलसीपुरबाट गाडी छुटेका छैनन्।

त्यस्तै, बबई नदीमा आएको बाढीका कारण  राप्ती राजमार्गको अमिलिया तुलसीपुर नेपालगन्ज सडक खण्डमा यातायात ठप्प भएको छ। २९ साउन ०७१ मा आएको  जस्तै बाढी फेरि बबई नदीमा आउन सक्ने आशंकामा स्थानीय त्रसित छन्।  पानीको सतह बढेसँगै बबई  नदीमा बाढीको जोखिम बढेको हो। बबई नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सतकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.