राजनीति

'प्रधानमन्त्रीको भारत भ्रमणमा विगतका सहमति कार्यान्वयनलाई प्राथमिकता'
SHARES

साउन २८, २०७४

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ।

    ललितपुरमा शनिबार आयोजित साक्षात्कारमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भने, “विगतमा भएका सहमति र समझदारी कुन अवस्थामा रहेका छन् त्यो हेर्ने, पुनरावलोकन गर्ने तथा हुन सक्ने कुरालाई अलमल नगरी कार्यान्वयनमा लैजाने विषयमा गम्भीरतापूर्वक छलफल गरिनेछ।

    प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला उठाइने र सहमति हुने विषयवस्तुको कार्यसूचि बनाउने अन्तिम चरणमा रहेको बताउँदै उनले भारतको तर्फबाट राजनीतिक तहमा भ्रमणप्रति ठूलो सद्भाव रहेको आफूले पाएको जानकारी दिए।

    अरुण तेस्रो, माथिल्लो कर्णाली र पञ्चेश्वर जलविद्युत् आयोजना अघि बढाउन सकियो भने मुलुकको विकासमा कायापलट हुने बताउँदै उहाँले हाम्रो तर्फबाट कार्यसूची टुंग्यायौँ भने अरुण तेस्रोको शिलान्यास दुवै प्रधानमन्त्रीबाट हुनुपर्छ भन्नेमा सामाजिक र राजनीतिक तहबाट बल पुर्‍याउन आवश्यक रहेको बताए।

    पेट्रोलियमका अतिरिक्त प्राकृतिक र खाना पकाउने ग्यासको पाइपलाइन बिच्छ्याउने, जलमार्ग विस्तार गर्नेजस्ता विषयमा पनि छलफल हुने बताउँदै उनले सहमति गरी हाल्ने पछि पछुताउने जस्तो प्रवृत्ति अन्त्य गर्न विषयवस्तुमाथि गम्भीर छलफल गर्ने प्रयास भइरहेको उल्लेख गरे।

    सुनौली नाकाको क्षमता सानो भएका कारण बेलाबेलामा त्यहाँ असहजता आउने गरेको बताउँदै राजदूत उपाध्यायले सुनौली नाकामा देखिएको समस्याका बारेमा भारतीय समकक्षीसँग कुराकानी गरेको र आफू आजै त्यही बाटो भएर दिल्ली जान लागेको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]