|

काठमाडौं : चीनका उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल आउँदै छन्। चीनको स्टेट काउन्सिलका उपप्रधानमन्त्री याङको नेतृत्वमा १८ जना प्रतिनिधिमण्डल र तीनजना सुरक्षा तथा मेडिकल स्टाफ गरी २१ सदस्यीय टोली नेपाल आउन लागेको हो। टोलीमा स्टेट काउन्सिलका उपमहासचिव तथा दुईजना उपमन्त्रीसहित पूर्वाधार विकाससँग सम्बन्धित उच्च अधिकारी सामेल छन्। चिनियाँ प्रतिनिधिमण्डल आफ्नै जहाजमा आउँदै छ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा आउन लागेको प्रतिनिधिमण्डलमा नेपालका लागि चीनका राजदूत यु होङ यतैबाट सामेल हुनेछिन्। स्रोतका अनुसार चीनबाट आउने टोलीमा स्टेट काउन्सिलका उपमहासचिव जियाङ जेलिन, नेनिल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपमन्त्री वाङ सिआओताओ, वाणिज्य मन्त्रालयका उपमन्त्री तथा अन्तर्राष्ट्रिय व्यापारम्बन्धी प्रतिनिधि यु जिआनहुवा छन्।

यसैगरी, टोलीमा स्टेट काउन्सिलको रिसर्च अफिसका सहायकमन्त्री गुओ वेई, स्टेट काउन्सिलको जनरल अफिसका सेकेन्ड सेक्रेटेरियाटका आयुक्त सु चाङ, विदेश मन्त्रालयका सहायकमन्त्री कोङ सुआन्यु, स्टेट काउन्सिलको रिसर्च अफिसअन्तर्गत विकास रणनीति विभागका महानिर्देशक वाङ जिनगुई, उपप्रधानमन्त्री वाङका सचिव ली सियाङचुन, विदेश मन्त्रालयको एसियन मामिला विभागका उपमहानिर्देशक होउ याङकी, विदेश मन्त्रालयको सूचना विभागका उपमहानिर्देशक वाङ सिनिङ, विदेश मन्त्रालयको प्रोटोकल विभागका काउन्सिलर मा जुन, स्टेट काउन्सिलको रिसर्च अफिसअन्तर्गत विकास रणनीति विभागका उपकाउन्सिलर बाओ सिहोङ पनि सामेल छन्।

चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला विभागका उपनिर्देशक सेन सिउसिया, विदेश मन्त्रालयको प्रोटोकल विभागका उपनिर्देशक सियान यी, विदेश मन्त्रालयको अनुवादसम्बन्धी विभागका उपनिर्देशक जुआन यी, विदेश मन्त्रालयको प्रोटोकल विभागका तृतीय सचिव अु मिङ, स्टेट काउन्सिलअन्तर्गत द्वितीय सचिवालयका सदस्य स्टाफ झाङ बिन पनि टोलीमा सहभागी हुनेछन्। टोलीमा सेन्ट्रल सेक्युरिटी ब्युरोका डाइरेक्टर वाङ डायु, उपप्रधानमन्त्री वाङका निजी चिकित्सक झाङ हाइफेङ तथा उपप्रधानमन्त्री वाङका सुरक्षा अधिकृत युआन डासीसमेतसामेल छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.