|

विराटनगर : जिल्ला समन्वय समिति (जिसस) मोरङका सभापतिमा नरेश पोखरेल विजयी भएका छन्। अन्य पदमा पनि एमाले, संघीय समाजवादी फोरम, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमको गठबन्धनले जित हासिल गरेको छ।

गठबन्धनबाट एमालेले प्रमुख र एक सदस्य, माओवादीले उपप्रमुख, संघीय समाजवादी र फोरम लोकतान्त्रिकले ३/३ सदस्य लिने सहमति अनुसार उम्मेदवारी दर्ता गरेका थिए। सोही सहमति अनुसार गठबन्धनले प्यानलले नै विजयी भएको हो। 

यसअघिनै उपप्रमुखमा भने माओवादी केन्द्रका प्रकाश साह निर्विरोध निर्वाचित भएका थिए। अन्य पदमा शनिबार भएको निर्वाचनमा विश्वेश्वर ढकाल, कात्तिक मण्डल, सुनिता देवी ऋषिदेव, सीतादेवी राजवंशी, बविताकुमारी चौधरी, लक्ष्मीदेवी ऋषिदेव, पुलिस विश्वास रहेका छन्। 

समन्वय समितिका ३४ मतदातामा एमालेको १४, लोकतान्त्रिक फोरमको ३, माओवादी केन्द्रको २ र संघीय समाजवादी फोरमको २ मत थियो भने कांग्रेससँग १३ मत रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.