प्रधानमन्त्रीले हेलिकोप्टरबाट निरीक्षण गर्ने, मन्त्रीहरुले एक महिनाको तलब दिने

|

काठमाडौं : सरकारले बाढी, पहिरो र डुवानमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति मृतक २ लाख रुपैयाँ राहत दिने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकलले बाढी, पहिरो र डुवानबाट मृत्यु भएका व्यक्तिलाई राहत दिने निर्णय गरेको हो।

आइतबार साँझसम्म बाढी, पहिरो र डुवानबाट ४९ जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता भएका छन्। बैठकले बाढी र पहिरो पीडितको उद्दार र राहतका लागि सबै मन्त्रीले एक महिनाको तलब दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्। मन्त्रिपरिषद बैठकले तत्काल राहत र उद्दारका लागि सम्बन्धित निकाय र स्थानीय निकायलाई परिचालन हुन निर्देशन पनि दिएको छ। 

त्यस्तै बाढी र डुवान प्रभावित क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नै हेलिकोप्टरबाट अनुगमन गर्ने निर्णय पनि सरकारले गरेको छ। सोमबार प्रधानमन्त्रीले पूर्वी नेपालको सप्तरी र महोत्तरीको हेलिकोप्टरबाट निरीक्षण गर्ने निर्णय भएको सञ्चारमन्त्री बस्नेतले जानकारी दिए।

आइतबार गृहमन्त्री जनार्दन शर्माले बाँके जिल्लाको हेलिकोप्टरबाट निरीक्षण गरेका थिए। उनले धेरै जिल्लामा अहिले पनि हवाई निरीक्षण गर्न पनि कठिन रहेको मन्त्रिपरिषद बैठकमा बताएका थिए। त्यसैले आइतबार प्रधानमन्त्रीले सप्तरी र महोत्तरीको निरीक्षण गर्न लागेका हुन्। प्रधानमन्त्रीको प्रारम्भिक अध्ययनपछि अल्पकालिन, दीर्घकालीन र मध्यकालीन राहतका कार्यक्रमहरु ल्याउने मन्त्री बस्नेतले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.