|

गोरखा : गोरखामा ५ जनामा स्वाइनफ्लुको संक्रमण पाइएको छ। शंकास्पद् बिरामीहरुको खकार काठमाडौं पठाएर परीक्षण गर्दा ५ जनामा स्वाइनफ्लु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

जिल्लाको सिरानचोक गाउँपालिका–६ गाखुँका बिरामीहरुको खकार परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला पठाइएको थियो।

‘स्वाइनफ्लु कहाँबाट र कसरी गोरखा भित्रियो अनुसन्धानको विषय बनेको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका नानीबाबु दानीले भने, ‘गोरखा बाहिरबाट आएका मानिसहरुबाट रोग सरेको हुन सक्छ।’ सिराञ्चोकसँगै गोरखा नगरपालिकाका केही बिरामीमा पनि एचवानएनवान भाइरसको संक्रमण भेटिएको छ।

कार्यालयले सचेत बन्न आग्रह गर्दै गुणस्तरीय मास्क प्रयोग गर्न अपिल गरेको छ। बिरामी धेरै भएपछि स्वास्थ्यकर्मी खटाएर जाँच गरिरहेको दानीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.