|

रुपन्देही : रुपन्देहीमा बाढीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका १ सिपवामा माटोको घर भत्किदा स्थानीय १५ वर्षीय रोशन हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए।

घर भत्किदा अरु दुई जना घाइते भएका छन्। घाइते भएका रोशनका बाबु फागु हरिजन र आमा शिला हरिजनको अस्पतालमा उपचार भइरहेको छ।

लगातारको वर्षाका कारण रुपन्देहीका केही क्षेत्रहरु डुबानमा परेका छन्। सिद्धार्थनगर, तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही भूभाग डुबानमा परेका हुन्।

यस्तै केही उद्योगहरूमा बाढी पसेपछि कच्चापदार्थ र उत्पादित सामान नष्ट भएको उद्योगीहरुले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.