|
सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालको बैठकको फाइल फोटो

काठमाडौं : मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन भन्दै सरकारले प्रदेश नम्बर २ मा तीन दिनभित्र ९ वटा स्थानीय तह थप गर्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार संघीय मामिला तथा स्थानीय विकास स्थानीय विकास मन्त्रालयले २ नम्बर प्रदेशका ८ जिल्लामा ९ वटा स्थानीय तह थप गर्ने गरी खाका तयार पारिसकेको छ। मन्त्रालयले तयार पारेको खाकामा कतिपय स्थानीय तहको सिमाना हेरफेर गरिएको छ भने कतिपयलाई गाउँपालिकाबाट नगरपालिका बनाइएको छ।

मन्त्रालयले तयार पारेको प्रस्तावलाई तीन दिनभित्र मन्त्रिपरिषदले पारित गर्ने वाणिज्य मन्त्री मीन विश्वकर्माले थाहाखबरलाई बताए। 'सर्वोच्चले सरकारलाई दिएको म्यान्डेट अनुसार संख्या थप गर्ने अन्तिम चरणमा सरकार छ स्थानीय विकास मन्त्रालयले तयार गरेको खाकालाई मन्त्रिपरिषद्ले तीन दिनभित्र पास गर्छ,'मन्त्रीले भने।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मधेसका जिल्लामा २३ वटा स्थानीय तह थप गर्ने निर्णयको विरुद्धमा परेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। तर सर्वोच्चले उक्त रिट खारेज गरेपछि सरकारलाई स्थानीय तहको संख्या थप गर्न बाटो खुलेको हो।

प्रदेश नम्बर २ मा हाल ७८ गाउँपालिका र एक महानगरपालिकासहित ४९ नगरपालिका छन्। स्थानीय विकास मन्त्रालयले तयार गरेको खाका मन्त्रिपरिषद्ले पारित गरेमा ५९ गाउँपालिका १ महानगरपालिका सहित ७७ नगरपालिका कायम हुनेछन्।

कुन जिल्लामा स्थानीय तहको हेरफेर कसरी गरियो? 

सप्तरी: वलान बिहुल गाउँपालिका थप गरिएको छ।

सिरहा : कर्जन्हा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्ती गरिएको छ।

धनुषा : कमला, हंसपुर र मिथिला बिहारी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्ती गरिएको छ।

महोत्तरी : एकडारा गाउँपालिकाको वडा ५ र ६ लाई मनरा गाउँपलिका समावेश गरी नगरपालिका कायम गरिएको छ। रामगोपालपुर, औरही, भंगाला मटिहानी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्ती गरिएको छ।

सर्लाही : ब्रम्हपुरी गाउँपलिकाको वडा ५, ६ र ७ हरिपुर्वा नगरपालिकाका वडा १,२,३,४ समावेश  गरी पर्सा गाउँपालिका बनाइएको छ। चक्रघट्टा गाउँपालिकाको वडा ५,६,७ र विष्णु गाउँपालिकाको वडा नम्बर ९ १० ११ र १२ समावेश गरी कौडेना गाउँपालिका बनाइएको छ। धनकौल गाउँपालिकाका वडा १,२,७,८,९ र चक्रघट्टा गाउँपालिकाको वडा नम्बर १ समावेश गरी बसबरिया गाउँपालिका कायम गरिएको छ। हरिपुर नगरपालिकाको १ र २ र कविलासी गाउँपलिकाको १ र २ समावेश गरी कविलासी नगरपालिका कायम गरिएको छ।

रौतहट : गौर नगरपालिकाको वडा नं ७, ८, ९, १०, ११, १२ र झुनख वा गाविसको वडा नम्बर १,५ समावेश गरी गिरिराजदेवी नगरपालिका कामय गरिएको छ। गौरमा यमुनामाई गाउँपालिका थप गर्ने प्रस्ताव गरिएको छ। बौधीमाई गाउँपालिका,वृन्दावन गाउँपालिकालाई नगरपालिकामा स्तरोन्ती गर्ने प्रस्ताव छ। देवाही गोनाह, गढीमाई,गजुरा, कटहरिया, माधवनारायण, इशनाथ परोहा,राजपुर,फतुवा र मौलापुर गाउँपालिकालाई नगरपालिकामा स्तरोन्ती गरिएको छ।

बारा : विश्रामपुर गाउँपालिका थप गरिएको छ। यस्तै  पचौरता गाउँपलिकालाई नगरपालिकामा स्तरोन्ती गरिएको छ।

पर्सा : वीरगञ्ज महानगरपालिकामा बलेवा गाउँपालिका समावेश गर्ने प्रस्ताव छ। बहुदरमाई गाउँपालिका र पर्सागढी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्ती गर्ने प्रस्ताव छ।

प्रदेश नम्बर २ का स्थानीय तहमा गरिएको स्थानीय तहको संख्या थप र सीमांकन हेरफेरको सबै विवरण हेर्नुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.