|

रुपन्देही : विदेशी मुद्रासहित एकजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले १० देशका मुद्रासहित सुनसरीका २२ वर्षीय अनिल खड्कालाई पक्राउ गरेको हो। 

उनीसँगबाट प्रहरीले साउदी रियाल २ लाख २७ हजार ७ सय ८५, थाई भाट ३ सय, जापानी येन १ लाख ४० हजार, युरो ७ सय १०, डेनिस क्रोन १२ हजार, ओमन रियाल ३ सय ६६, कुवेती मुद्रा ४ सय ३०, चिनियाँ युआन २ हजार ५०, बहराइनको मुद्रा १ सय १० र सिंगापुर डलर २ सय २ बरामद  गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल भैरहवाका प्रहरी उपरीक्षक आनन्द नेम्वाङले जानकारी दिए।

उनले भारतबाट नवलपरासीको महेशपुर नाका हुँदै बुटवल ल्याएको सो मुद्रा बुटवल बसपार्कबाट पोखरातर्फ लैजादै थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.