|

काठमाडौं : चार दिनयताको बाढी-पहिरो तथा डुाबानका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ। गृहमन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखाले संकलन गरेको तथ्याङ्क अनुसार सोमबार साँझसम्ममा ९१ जनाले ज्यान गुमाएका हुन्।

यसक्रममा २५ जना घाइते तथा ३८ जना बेपत्ता भएको महाशाखाले जनाएको छ। २ हजार ८४७ घरमा पूर्ण क्षति पुगेको छ भने ३ हजार ७२७ पूर्वाधारका संरचनामा क्षति भएको छ।

बाढी-पहिरोपीडितको उद्धार तथा राहत वितरणमा २६ हजार ७ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष खटाइएको महाशाखाले जनाएको छ। उद्धार तथा राहत वितरणमा नेपाली सेनाको ७ र निजी क्षेत्रको ६ वटा हेलिकोप्टरसहित मोटरबोट, रबरबोट लगायतका साधनहरु प्रयोग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.