|

काठमाडौं : सत्तापक्षका सांसदहरुले विशेष समयमा आफूहरुले बोल्न नपाएको भन्दै संसद् अवरुद्ध गरेपछि संसद् बैठक स्थगित गरिएको छ। सभामुखले विशेष समयमा आफूहरुलाई बोल्न नदिएको भन्दै बैठक अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीले बैठक १५ मिनेट स्थगित गरेकी हुन्। सांसदहरु डा. अमरेशकुमार सिंह, रामअयोध्याप्रसाद यादव, उषा गुरुङ, रामचन्द्र यादव, प्रेमकिशोरप्रसाद शाह, शान्तिदेवी चौधरी, भुटनीदेवी खवास लगायतले विशेष समयमा बोल्न पाउनुपर्ने माग गरेका थिए।

मंगलबारको संसद् बैठकको विशेष समयमा करिब २० जना सांसदले बोलिसकेपछि नेकपा एमालेका सांसद भीम रावलले विशेष समयमा बोल्ने सांसदहरुको नाम थपेको थप्यै गरेर जरुरी सार्वजनिक महत्वको विषय प्रस्तुतका लागि विलम्ब गरिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए। उनले बाढी पहिरोको क्षति लगायतका विषय समेटेर संसद्‍मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस हुँदै गरेकाले त्यही विषयमा छलफल अन्यथा चलाउने कुरा संसदीय अभ्याससँग अमिल्दो भएको भन्दै विशेष समय छोट्याउन माग गरेका थिए।

मंगलबारको बैठकमा सांसद रावलले जरुरी सार्वजनिक महत्वको प्रस्तावमा भीषण बाढी पहिरो र डुबानबाट क्षति भएको विषय र छिमेकी देशको तटबन्धका कारण समस्या भएकाले यो समस्या तत्काल समाधान गर्न नेपाल सरकारले उचित र प्रभावकारी कदम चाल्नुपर्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कार्यसूची थियो।

रावलले संसद् बैठकमा विशेष समय छोट्याउन माग गरेपछि सभामुख ओनसरी घर्तीले विशेष समयमा बोल्न नाम टिपाएका सांसदको नाम कटाएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत सत्तापक्षका सांसदले आपत्ति जनाएका हुन्। उनीहरुले सिटबाट उठेर बैठक अवरुद्ध गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.