|

काठमाडौं: सोमबार साझदेखि अचानक पेटमा समस्या आएपछि कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन्। सोमबार अचानक पेट दुखेपछि राति नै उनलाई काठमाडौंको चावहिल स्थित ओम अस्पतालमा भर्ना गरिएको हो।

निधिलाई अहिले उनालाई  ओम अस्पतालको बेड नम्‍बर २०४ मा राखिएको छ। उनको उपचारमा अस्पतालका डाक्टर राहुल पाठक संलग्न रहेका छन्।  अचानक पेट  दुखेर अस्पताल गएका निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टरको भनाइ छ। उपचारमा संलग्न डाक्टरका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ । 

पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता निधि मंगलबार बिहान बाढी तराईका बाढी प्रभावित जिल्लामा जाने गरी कार्यक्रम तयार गरिएता पनि विरामी परेपछि स्थगित गरिएको निधिका प्रेस विज्ञ रामजी दाहलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.