|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेले नेपालको तराई क्षेत्रमा अहिले भएको डुवानमा भारतको हात रहेको बताएको छ। संसदमा मंगलबार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमाले उपाध्यक्ष तथा सांसद भीम रावलले अहिले तराईमा डुवान हुनुमा भारत जिम्मेवार रहेको आरोप लगाए। भारतमा नेपालको सीमानजिक बनाइएका ५ किसिमिका बाँधहरुले नेपाल डुवानमा परेको रावलले बताए।

उनले बाँकेको दक्षिणतिर भारततर्फ बनाइएको लक्ष्मणपुर बाँध, कपिलवस्तुको दक्षिणमा सीमाबाट १० किलोमिटर नजिक बनाइएको महुलीसागर बाँध, रुपन्देही जिल्लाको दक्षिणतर्फ रसियावाल खुर्दलोटन बाँधको कारण नेपाली भूमिमा डुवान भएको रावलले बताए।

त्यस्तै कञ्चनपुरको दक्षिणतर्फ ब्रम्हदेवी बाँध, महेन्द्रनगरको दक्षिणतर्फ ११ मिटर तल बनाइएको शारदानगर बाँध, कैलालीको दक्षिणतर्फ मोहना नदीको बहाव छेक्ने गरी बनाइएको बाँध, दाङको दक्षिणतर्फको बाँध,  रुपन्देहीको सिद्धार्थनगरको दक्षिणतर्फ डण्डाफडेर तटबन्धका कारण पनि डुवान भएको बताए।

नेता रावलका अनुसार नवलपरासीको दक्षिणतर्फ नारायणी नदीमा रहेको बाँधका कारण पश्चिमतर्फका सबै नहरहरु थुनिएका छन्, रौतहटको लालबकैया नदीको बहाव रोकिएको छ,  धनुषामा कमला नदीको बहाव रोकिदा धनुषा र सिरहामा डुवान भएको छ।

सिरहाको हर्कटी नजिक दशगजामा बाँध बाँधिएको र सप्तरीको राजविराजको दक्षिणतर्फ लालपट्टीमा खाँडो नदी छेक्ने गरी बाँध बाँधिएका कारण डुवान भएको बताए।

मृतक परिवारलाई ५ लाख रुपैयाँ दिन माग

नेकपा एमालेले बाढी, पहिरो र डुवानबाट मृत्यु हुनेहरुको परिवारलाई ५ लाख रुपैयाँ दिन माग गरेको छ। संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमाले उपाध्यक्ष तथा सांसद भीम रावलले मृतकको परिवारलाई ५ लाख रुपैयाँ दिन र त्यसमध्ये १ लाख रुपैयाँ तत्काल दिन माग गरे।

'मृतकको परिवारलाई ५ लाख दिइयोस् त्यसमध्ये एक लाखरुपैयाँ तत्काल दिइयोस्' उनले भने 'बाढीले प्रभावित भएका क्षेत्रलाई बाढीग्रस्त क्षेत्र घोषणा गरियोस्।'

नेता रावलले सरकार किंकर्तव्यविमुढ भएको भन्दै बाढी प्रभावितको उद्दार गर्नका लागि सत्तापक्ष जिम्मेवार नदेखिएको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • एमालेको नियत नै खराब जनताका खल्ती खल्तीमा पैसा बाड्ने, विकास निर्माण का काम गर्ने उसको दिमागमा सोचै आउदैन, नगदै बाडीचुडी खाने सोझा सिदा जनता नगद खल्तीमा पाए मक्ख, एमालेले देशमा विकास गर्छ भन्ने जनता मूर्ख हुन गरिब लाई झुक्याउने,सस्ता भाषण र प्रचार बाजी मात्र गर्ने अरु सरकारले जम्मा गरेको पैसा बाड्ने अहिले सरकारले दिएको राहत पुगेन भनी डंङग ठोक्छ, आफ्नो आफ्नो खल्तीबाट दिए भयो नि, पार्टीको खाताबाट दिनु सस्तो भाषण नारा दिन कति जाने को हो एमालेहरु ?