|

उर्लाबारी : मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको मृत्यु भएको छ। बेलबारी–९ का ३२ वर्षीय समीर कार्कीको मृत्यु भएको हो। 

बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खाँदा घटनास्थलमै कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक रामजी कटुवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.