|

बारा : बाराको निजगढ नगरपालिका ७ योजना टोलस्थित कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्मको दुर्गन्धबाट पीडित स्थानीयबासीले उद्योगमा तालाबन्दी गरेका छन्। योजनाटोल सुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठको नेतृत्वमा एक हप्तासम्म उद्योगको गेटमा धर्ना दिँदा पनि उद्योग प्रशासनले माग पूरा नगरेपछि स्थानीयबासीले उद्योगको गेटमा ताला लगाएका हुन्।

पोल्ट्रीफर्मबाट निस्किएको दुर्गन्धका कारण आफूहरूको स्वास्थ्य समस्या परेको स्थानीयबासीहरूले बताएका छन्। दुर्गन्धले उद्योग वरपरका घरमा बस्न समेत कठिन भएको र श्वासप्रश्वाससँगै छालाका समस्या देखिन थालेपछि उद्योग बन्द गर्नुको विकल्प नदेखेर सात दिनको धर्नापछि तालाबन्दी गरिएको स्थानीय रेनुका घिमिरेले बताइन्।

उद्योगमै कार्यरत ४५ जना कामदारमध्ये २२ जना कामदार पनि काम छाडेर विरोधमा निस्केका छन्।

यसैबीच जिल्ला प्रशासन कार्यालय बारामा अहिले उद्योग प्रशासन, स्थानीय राजनीतिक दलका प्रतिनीधि र उद्योग प्रशासनवीच समस्या समाधानका लागि छलफल भइरहेको छ।

मंगलबार जिल्ला प्रशासनबाट सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको सरकारी टोलीले पोल्ट्री फर्मको निरीक्षण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.