|

गोरखा : यातायात व्यवसायी समिति समिति गोरखाको अध्यक्षमा अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र कुँवरलाई मात्र १ मतले पछि पारे। श्रेष्ठले १०१ मत प्राप्त गर्दा कुँवरले १०० मत पाए।

श्रेष्ठ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सहकोषाध्यक्ष तथा पूर्व जिल्ला अध्यक्ष समेत हुन्। मतगणना गएराति अबेर सकिएको हो। नेकपा माओवादी केन्द्र निकट व्यवसायी श्रेष्ठ नेकपा एमाले, नयाँ शक्ति पार्टी र नेपाल कम्युनिष्ट पार्टीकोे गठबन्धनमा उमेद्वार बनेका थिए।

कुँवर भने कांग्रेस निकट हुन्। वरिष्ठ उपाध्यक्षमा देवराज श्रेष्ठ ९७ मतका साथ विजयी भए भने निकटतम प्रतिद्वन्द्वी शंकरबाबु दानीले ९६ मत ल्याए। उपाध्यक्ष श्रेष्ठ एमाले निकटका हुन्। यस्तै उपाध्यक्षमा माओवादी निकट काजीराम खत्री ९८ मतले विजयी भए भने निकटतम प्रतिद्वन्द्वी राजकुमार श्रेष्ठले ९३ मत ल्याए।

महासचिवमा कांग्रेस निकट अञ्जनबाबु खत्री ९८ मत ल्याएर विजयी हुँदा उनका निकटतप्रतिद्वन्द्वी दीपक बोहराले ९७ मत ल्याए। सचिवमा अनिल कुँवर १०८, कोषाध्यक्षमा शरण गुरुङ १०६ र सह-कोषाध्यक्षमा राजु श्रेष्ठ ११८ मत ल्याएर विजयी भए।

ट्याक्टर संयोजकमा विशाल श्रेष्ठ सात मतसहित विजयी भए भने सुरज पन्तले ३ मत ल्याए। सदस्यमा ९९ मतका साथ भरत बाबु दानी, ८० मतका साथ कृष्णप्रसाद पन्त, ७९ मतका साथ चन्द्र सुब्बा नेवार, ७७ मतका साथ नवराज थापा, ५८ मतले हरिबहादुर कोइराला, ७० मतले वीरबहादुर तामाङ, ५८ मतले सविन घले, ७२ मतले उत्तम थापा, ५८ मतले नारायण श्रेष्ठ निर्वाचित भए।
   
को–को भए निर्विरोध?

केही पदाधिकारी निर्विरोध चयन भएका छन्। बस संयोजकमा अर्जुन भट्ट, ट्रक संयोजकमा ज्ञानकाजी श्रेष्ठ, मिनिबस संयोजकमा ईश्वर केसी र माइक्रो बस संयोजकमा रञ्जितकुमार बानियाँ सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत देवीप्रसाद खनालले जानकारी दिए।

एकलौटी मत गणना भएको आरोप

१ मतले पराजित सुरेन्द्र कुँवरले निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। मत गणनामा, मुचुल्का गर्दा एकलौटी तबरले काम गरिएको आरोप लगाउँदै कुँवरले छानविनका लागि प्रहरीकोमा उजुरी दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.