|

मोरङ : वर्षाका कारण मोरङमा  तीन करोड रुपैयाँ मूल्य बराबरको तरकारीबाली नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार तरकारीखेती नष्ट भएपछि यतिखेर विराटनगरलगायत क्षेत्रमा तरकारीको मूल्य अाकासिएको छ। यस्तै  पोखरीमा बाढी पसेपछि  एक करोड  रुपैयाँ मूल्य बराबरको माछा समेत नष्ट भएको छ ।

माछा उत्पादन हुने गरेका कटहरी, जहदा, पथरी–शनिश्चरे, बेलबारीलगायत क्षेत्रका किसान मारमा परेका छन्। मोरङमा धानबालीमा भएको क्षतिको तथ्यांक संकलन हुन सकेको छैन। जिल्लाका सोनवर्षी, रंगेली, सुन्दरहरैचा, बूढीगंगालगायत दक्षिणी क्षेत्रका तीन हजार हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको छ । पानी घटेपछि मात्र क्षतिको अनुमान गर्न सकिने यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.