|

जनकपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनुषाको मिथिलेश्वर मौवाहीमा बाढी पिडितहरुलाई राहत वितरण गरेका छन बाढीका कारण तराई मधेसका जिल्लाहरुको जनजीवन अस्तव्यस्त रहेको समयमा जनकपुर उप–महानगरपालिका वडा नं. १८ भोईलस्थित बाढी पिडित परिवारलाई राहत वितरण गर्न प्रचण्ड आफैं पुगेका हुन्।

उनी मंगलबारदेखि बाढी प्रभावित तराईका जिल्लाको भ्रमणमा छन्। गत बुधवार देखि परेको अविर वर्षाका कारण प्रभावित बनेका भोईलका करिब १०० पिडित घरपरिवारलाई प्रचण्डले राहत सामग्री हस्तान्तरण गरे।

प्रतिपरिवार २५ किलोको दरले चामल, चिउरा, नून, आलु, चाउचाउ लगायत अन्य खाद्यान्न सामग्रीहरु वितरण गरिएको माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डलले जानकारी दिएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.