|

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाको आउँदो अगस्ट २७ गते हुने पाँचौं अधिवेशनमा हालका उपाध्यक्ष रमेश तिवारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उनले मलेसियामा रहेका नेपाली समुदायको हितमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। उनले युरोप, जापान, अष्ट्रेलियालगायत देशका एनआरएनले जस्तै गरेर मलेसियाको एनआरएन संस्थालाई शिखरमा पुर्‍याउने तिवारीले बताए। 

मलेसियामा नेपाली कामदारलाई दिइने न्युनतम पारिश्रमिकको सीमा बढाउन त्यहाँको सरकारलाई दबाव दिने, नेपाली कामदारप्रतिको मलेसिया सरकारको व्यवहार लचिलो बनाउन दबाव दिने आफ्नो योजना रहेको तिवारीले बताए। नेपाली कामदारको हक हित र मलेसियाका नेपाली व्यवसायी, विद्यार्थीका लागि सहज वातावरणका लागि थुप्रै योजना रहेकाले मलेसियाका नेपालीहरुले आफूलाई विश्वास गर्ने तिवारीको दावी छ। 

मलेसियामा रहेका नेपाली समुदायलाई संगठित गर्ने, नेपाली राजदूतावासको समन्वयमा नेपाली समुदायको हितमा विभिन्न काम गर्नुपर्ने भएकोले पनि एनआरएन मलेसियाको नेतृत्वलाई महत्वपूर्ण रुपमा लिने गरिएको छ। नेपालीहरुको प्रमुख रोजगार गन्तव्यको रुपमा रहेको मलेसियामा हाल करिब ७ लाख नेपाली विभिन्न पेशा तथा रोजगारीमा छन्। एनआरएनए मलेसियाको नेृत्वमा निर्वाचित हुने कार्यसमितिको समयावधी २ वर्षको हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.