|

पाल्पा : रैनादेवी छहरा गाउँपालिकाको प्रथम गाउँसभाले चालु आर्थिक वर्षमा ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरेको छ। ‘शिक्षा स्वास्थ्य, र रोजगार पर्यटन सहितको पूर्वाधार उज्यालो रैनादेवी छहरा हाम्रो आधार’ भन्ने नारासहित रैनादेवी छहरा गापाको ६ दिनसम्म चलेको प्रथम गाउँसभाबाट पारित गरिएको बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन्।

२३ वटा शीर्षकमा १९ करोड, ७१ लाख ३० हजार, सामाजिक सुरक्षातर्फ ५ करोड, ससर्त केन्द्रीय अनुदानतर्फ १४ करोड, ८४ लाख १२ हजार गरी ३९ करोड ५५ लाख ४२ हजारको बजेट खर्च हुने गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए।

गाउँपालिकाभित्रका वडाका सडक निर्माण गरी बाह्रै महिना यातायात सञ्चालनमा ल्याउने गरी ४ करोड ७२ लाख ४१ हजार, खानेपानीतर्फ १ करोड ६८ लाख २ हजार, सिँचाइतर्फ ३७ लाख १५ हजार, विद्युतमा २ करोड ५७ लाख ४५ हजार, लक्षित वर्गतर्फ ८३ लाख २४ हजार, स्वास्थ्यमा ४४ लाख ८० हजार, शिक्षामा ५९, लाख ५ हजार, कृषि र  पशुपालन ४७ लाख ३२ हजार ५ सय रकम विनियोजन गरिएको कार्कीले जानकारी दिए।

त्यसैगरी, पर्यटनमा १० लाख, अन्य कोषमा १ करोड ३५ लाख, भवन ६८ लाख ८० हजार, पञ्चवर्षीय गुरुयोजना निर्माणको लागि ३ लाख, न्यायिक समितिमा २ लाख, पत्रकारिकता क्षेत्रको विकासमा ३ लाख, सार्वजनिक सुनुवाइ तथा लेखा परीक्षणमा ४ लाख, कोलस्टोर सम्भाव्य अध्ययनका लागि २ लाख, हुलाक व्यवस्थापन १

लाख, फोहरमैला व्यवस्थापनमा ५ लाख, बसपार्क निर्माण २ लाख, सवारीसाधन ४ पांग्रे र २ पांग्रे ६७ लाख ५० हजार, कार्यालय व्यवस्थापन वडा र गापामा ५० लाख, अन्य विविध शीर्षकमा ५२ लाख ०८ हजार बजेट विनियोज गरिएको अध्यक्ष कार्कीले बताए।

वडास्तरबाट छनोट भई आएका योजनालाई ५० लाख प्रत्येक वडालाई बजेट विनियोजन गरिएको छ। रैनादेवी छहरा गाउपालिकाभित्र ८ वडा रहेका छन्। पाल्पाको पश्चिमी भेगमा पर्ने अति विकट मानिएका सत्यवती, बल्ढेगढी, जुठापौवा, र सिद्देश्वर लगायतका विकासका अवसरबाट पछि परेका वडालाई योजना छनोटमा प्राथमिकतामा पारिएको कार्कीले दावी गरे।

कृषि क्षेत्रमा पशुपालन गरी दूध र मासुमा आत्मनिर्भर बनाउने र सुन्तला दालचिनी, अमिलो, अम्रिसो, कफी, लगायतको फलफूल खेतीलाई प्रमुख प्राथमिकता साथ बजेट विनियोजन गरिएको अध्यक्ष कार्कीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.