|

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूहले १ सय ७८औँ विश्व फोटोग्राफी दिवसका अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। सन् १८३९ अगस्ट १९ मा फ्रान्सबाट फोटोग्राफीको सुरुआत भएको र त्यसको उपलक्ष्यमा नेपालमा पनि १३ वर्षदेखि विश्व फोटोग्राफी दिवस मनाइँदै आइएको छ। प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदढोका, सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा आएर कोणसभामा परिणत भएको थियो। नेपालमा ०६१ देखि विश्व फोटोग्राफी दिवस मनाउन सरु गरिएको हो। 

कार्यक्रममा फोटो पत्रकार समूहका अध्यक्ष धुव्र आलेले फोटोग्राफी दिवस फोटो पत्रकारका लागि मात्र नभएर सम्पूर्ण फोटोप्रति आस्था राख्ने व्यक्तिको भएको बता । समूहका पूर्वअध्यक्ष कवीन्द्रमान शाक्यले फोटो पत्रकारको हकहितको रक्षा गर्दै नेपालको फोटो पत्रकारिताको व्यावसायिक विकास गर्न समूह स्थापना गरिएको बताए।  

भिडियो क्यामरा एसोसियसनका अध्यक्ष दिलीप थापा मगरले पत्रकारितामध्ये जोखिमको पत्रकारिता भिडियो तथा फोटो पत्रकारिता रहेको उल्लेख गर्दै भिडियो र फोटो पत्रकारका हकमा सरकारले अत्यावश्यक समयमा विमाको व्यवस्था गर्नुपर्ने बताए। त्रिवि रत्नराज्य लक्ष्मी क्याम्पस फोटो पत्रकारिताका शिक्षक मधुसुदन थापा, समूह कास्कीका अध्यक्ष इन्द्र पौडेल, पाल्पाका अध्यक्ष कृष्ण दर्नाल लगायतले फोटो पत्रकारिताको विकासमा समूहले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा झन् अगाडि बढ्न शुभकामना दिए।

प्रभातफेरी कार्यक्रमका केही झलकहरु :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.