|

बनेपा : सुत्केरीपछिको अधिक रक्तस्राबबाट हुने मात मृत्युदर कम गराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ। सुन्दै अनौठो लागे पनि यी खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफरल अस्पतालसम्म बिरामी पठाउन सम्भव भएको हो। 

'विगतमा हामीले सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न महिलाको तल्लो पेट र दुईवटै गोडाको पिँडुलामा साइकलको ट्यूबले बाँध्यौं। अनि ट्युबमा हावा भर्दै त्यसको चापले रक्तस्राव रोक्दै उपचार गरिरहने वा रेफरल अस्पताल पठाउने निर्णय गर्थ्यौं' अलम्पु हेल्थपोस्ट दोलखाकी सिनियर अनमी कृष्णकुमारी थामीले भनिन्।

नेपाल लगायत विश्वमै मातृ मृत्युको कारणमध्ये प्रमुखख मानिएको प्रसवपछिको अधिक रक्तस्रावलाई रोक्न स्थानीय उपलब्ध सामग्रीको रुपमा पाँच वर्षअघि नेपालमा साइकलको ट्युब प्रविधिको सुरुवात गरिएको थियो। युनिभर्सिटी अफ न्यु मेक्सिको स्कुल अफ मेडिसिन अमेरिकाका प्राध्यापक डा. माार्क हाउसवाल्ड र प्रसूतिरोग विशेषज्ञ डा. न्यान्सी एल केरले साइकलको ट्युब प्रविधिलाई नेपाल र पपुआ न्युगिनीका दक्ष प्रसूतिकर्मी र नर्समाझ विस्तार गरेर अपेक्षित सफलता पाइसकेको बताएका छन्। 

तिनै डा. मार्कले युनिभर्सिटीकै मेडिकलमा अधिक रक्तस्राव भएर ल्याएकी महिलामा बलजस्तै सामग्रीले हावाको चाप पैदा गराएर रक्तस्राव रोक्ने नयाँ प्रयोग गरे। 'एउटा बल हावादिने पम्प पीन र बाँध्ने कपडा (बाइन्डर) यी चार सामग्री उपलब्ध भएमा दक्षि प्रसूतिकर्मी एक्लैले प्रयोग गर्दै सु्त्केरीको उपचार गर्न सक्ने र साइकल ट्युब पनि विस्तापन हुने भएकाले पपुवा न्युगिनीमा प्रयोगमा ल्यायौं। त्यहाँका प्रसूतिकर्मीहरुले ठूलो सफलता हासिल भएको जानकारी दिएका छन्' प्रसूतिरोग विशेषज्ञ डा. न्यान्सीले भनिन्। 

धुलिखेल अस्पताल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले भने ' अबको नयाँ तरिकामा पेटमा चाप दिइने साधन (बल एण्ड बाइण्डर) बाट प्रसवोत्तर समयमा रक्तस्राव घटाई अधिक रक्तस्रावका कारण हुने मृत्युलाई जोगाउन मद्दत हुने भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.