|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ताका लागि पशुपतिशम्शेर राणा समूहले आवश्यक केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याएको छ। राप्रपा प्रजातान्त्रिकले २२ साउनमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुरुप आवश्यक पर्ने ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद संख्या आफूहरुले पुर्‍याएको राप्रपा प्रजातान्त्रिक प्रचार समिति संयोजक सुनील थापाले जानकारी दिए। 'हामीले दल दर्ताका लागि आवश्यक पर्ने केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याइसक्यौं' थापाले भने 'त्यो जानकारी आइतबार निर्वाचन आयोगमा जानकारी गराउछौं।'

निर्वाचन आयोगको अभिलेखमा राप्रपा केन्द्रीय समितिको संख्या १५६ सदस्यीय छ। त्यसको ४० प्रतिशत पुर्‍याउन ६२ सदस्य आवश्यक पर्नेमा आफूहरुसँग ६४ पुगिसकेको थापाकोदावी छ। आयोगले राप्रपा प्रजातान्त्रिकलाई आइतबार दल दर्ताका लागि आवश्यक पर्ने सनाखतसहित उपस्थित हुन निर्देशन दिएको छ।

आयोगका सहसचिव सुशील कोइराला र सहन्यायाधिवक्ता घनश्याम ओझाले ५६ केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गरिसकेको थापाले बताए। सो सनाखत २९ साउनमा राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजेन्द्र लिंदेनले निर्वाचनमा आयोगलाई पठाएको पत्रले पुष्टि गर्छ। त्यस्तै सनाखत गर्न छुटेका पाँच जनाले आयोगमा आफै उपस्थित भएर राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेको लिखित निवेदन दिएका छन्। विदेशमा रहेका तीन केन्द्रीय सदस्यले आयोगलाई इमेल गरेर आफूहरु राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेको जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • मुखमा कट्टु (माक्स) लगाएर बोलेको भए अझ राम्रो हुन्थ्यो ।